
१५ बैशाख ।
बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको माहामारीबाट जोगिन र संक्रमण फैलिन नदिन नेपाल आयल निगम प्रादेशिक कार्यालय भलवारीले स्यानिटाइजिङ गेट र टनेल निर्माण गरेको छ ।
बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको माहामारीबाट जोगिन र संक्रमण फैलिन नदिन नेपाल आयल निगम प्रादेशिक कार्यालय भलवारीले स्यानिटाइजिङ गेट र टनेल निर्माण गरेको छ ।
नेपाल आयल निगम ५ नम्वर प्रादेशिक कार्यालय भलवारी रुपन्देहीले कोभिड–१९को उच्च जोखिमबाट बच्न र यसको संक्रमण फैलिन नदिन ट्याङकरका लागि स्यानिटाइजिङ गेट र मानीसहरुका लागि अटोमेटिक (स्वचालित) स्यानिटाइजिङ टनेल निर्माण गरेको हो । कोरोना भाइरसको महामारीवाट सारा विश्व आक्रान्त बनिरहेका बेला यसको जोखिमवाट बच्न र संक्रमण फैलिन नदिन कार्यालयले गेटमा नेपालमै नमुनाका रुपमा अटोमेटिक स्यानिटाइजिङ गेट र टनेल निर्माण गरेको हो ।
‘विश्वब्यापी रुपमा कोरोना भाइरसको महामारी तथा जोखिमबाट बच्न र संक्रमण फैलिन नदिन हामीले निगमको गेटमा अटोमेटिक स्यानिटाइजिङ टनेल निर्माण गरेका हौं’ निगमका प्रादेशिक कार्यालय प्रमुख इन्जिनियर सूरज शाहले भने । उनले मुलुकभर लकडाउन भएपनि छिमेकी मुलुक भारतवाट नियमित रुपमा इन्धन ढुवानी गरिराखिएकाले कोरोनाको जोखिमबाट बच्नका लागि स्यानिटाइजिङ गेट र टनेल निर्माण गरिएको बताए ।
छिमेकी मुलुक भारतमा कोरोना भाइरसको जोखिम उच्च रहेको छ । भारतबाट दैनिक झण्डै सयको सङख्यामा ट्याङकरबाट पेट्रोलियम पदार्थ आयत हुने गरेको छ । ट्रकहरुबाट समेत कोरोना भाइरसको संक्रमण फैलिन सक्ने अवस्थालाई मध्येनजर गर्दै भारतिय आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थ बोकेर आउने ट्याङकर÷ट्रकहरुलाई स्यानिटाइजिङ गरेर मात्रै प्रबेश दिने गरिएको प्रमुख शाहले जानकारी दिए ।
निगमले कार्यालय परिसर भित्र प्रवेश गर्ने मानिसहरुलाई स्यानिटाइज गर्न सेन्सरयुक्त स्यानिटाइजिङ टनेल निर्माण गरेको लेखा प्रमुख रमेश ज्ञवालीले उल्लेल गरे ।

ट्याङकर तथा ट्रकलाई स्यानिटाइज गर्न निर्माण गरिएको साढे चार मिटर उचाई र सात मिटर चौडा टनेलमा ११ ओटा नोजलबाट सेनिटाईजिङ गरिने गरिएको लेखा प्रमुख ज्ञवालीले जानकारी दिए । उनका अनुसार एउटा गाडीलाई करिव १० सेकेण्ड स्यानिटाइजिङ गर्ने गरिन्छ, जसका लागि एक हजार लिटर क्षमताको ट्याँकीमा सोडियम हाईपोक्लोराइड सोलुशन नामक तरल पदार्थ, नेपाल गुणस्तर चिन्ह प्राप्त लिक्विड क्लोरिन मिसाएर विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको सेनिटाइजर बनाइएको छ।
चार वाटा नोजल सहितको सेन्सरयुक्त टनेलमा जो कोही मानिस निगम परिसर भित्र प्रबेश गर्दा चार सेकेण्ड सम्म स्यानिटाइजिङ गर्ने विशेषता रहेको छ । यसका लागि पनि एक हजार लिटर क्षमताको ट्याङ्कीमा स्यानिटाइजिङ गर्ने तरल पदार्थ राखिएको छ ।
निगम परिसरमा अटोमेटिक स्यानिटाइजिङ टनेल निर्माण संगै कोरोना भाइरसको संक्रमण न्युनिकरणमा टेवा पुग्ने र निगममा आउने मानिस र सवारी साधनका चालकले समेत आफु सुरक्षित रहेको महशुस गर्ने विश्वास गरिएको निगमका प्रमुख इन्जिनियर शाहले वताए । गेट तथा टनेल आयल निगमका प्राबिधिकहरुले निर्माण गरेका हुन् ।

0 Comments